एमाले कास्कीको अध्यक्षमा दुई प्यानलसहित तीनजनाको उम्मेदवारी

पाेखरा | चैत १३, २०८०

एमाले कास्कीको अध्यक्षमा दुई प्यानलसहित तीनजनाको उम्मेदवारी

पोखरा:     नेकपा एमाले कास्कीको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । कास्कीमा नयाँ नेतृत्वका लागि  माधव बास्तोला र बैनबहादुर अधिकारी क्षेत्री र विवेक त्रिपाठीले उम्मेदवारी दिएका हुन् । 

 

बास्तोला र क्षेत्रीले प्यानल बनाएर उम्मेदवारी दिएपनि त्रिपाठीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् ।


२०७४ को निर्वाचनबाट जिल्ला समन्वय समिति कास्कीका सभापति समेत बनेका क्षेत्री एमाले कास्कीका सचिव हुन् ।

 

युवा संघको केन्द्रीय उपाध्यक्षसमेत बनेका अध्यक्षका उम्मेदवार बास्तोला मदन भण्डारी फाउण्डेसन कास्कीका अध्यक्ष समेत हुन् ।


माधव समूहबाट शिव आचार्य उपाध्यक्ष र सुरेन्द्र गुरुङ सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

उपसचिवमा राधिका शाही योगी र सिता परियारले उम्मेदवारी दिएका छन् । क्षेत्री समूहबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेदवारी दिएका हुन् ।


अधिवेशनबाट एमाले कास्कीमा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचन गर्ने कार्यतालिका छ । उक्त अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधिले भाग लिइरहेका छन् । जिल्ला अधिवेशन चैत १० गते सुरु भएको हो ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ ।    पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई  ...

थप पढ्नुहोस्

काठमाडौँ:   प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् ।   निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्ति...

थप पढ्नुहोस्

 पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् ।   विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्...

थप पढ्नुहोस्